भोली दिक्तेलमा हुने वृहत जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओलीसँगै उपाध्यक्ष थापा ‘बादल’ आउनु हुदै यस्तो छ, कार्यतालिका

Halesi Khabar

खोटाङ, १८ चैत । चैत १९ गते नेकपा (एमाले) जिल्ला कमिटी खोटाङले आयोजना गरेको वृहत जनसभालाई सम्बोधन गर्न नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपि शर्मा ओलिसँग उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आउने निश्चित भएको छ । अध्यक्ष ओलीसँगै पूर्व गृहमन्त्री थापा ‘बादल’ आउने निश्चित भएको नेपका (एमाले) संसदीय दलका प्रमुख सचेतक एवम् खोटाङ जिल्ला इन्चार्ज विशाल भट्टराईले हलेसी खबरलाई बताउनुभयो ।

अध्यक्ष ओलीसँगै उपाध्यक्ष थापा ‘बादल’ १९ गते विहान साँढे नौँ (९ः३०) बजे हेलिकोप्टरमार्फत त्रिधार्मीकस्थल हलेसीमा आइपुग्ने प्रमुख सचेतक भट्टराईले जानकारी दिनुभयो । “अध्यक्ष ओलि र उपाध्यक्ष ‘बादल’ ले त्रिधार्मीकस्थल हलेसी महादेवको र हलेसी मारतिका गुम्बाको अवलोकन गरेर सदरमुकाम प्रस्थान गर्नुहुने छ । उहाँले भन्नुभयो ।” ‘जनसभा शुरु हुने बेलामा उहाँहरु दिक्तेल बजार पुगिसक्नु हुनेछ ।’

अध्यक्ष ओली र पूर्व गृहमन्त्री बादलको सूरक्षाका लागि त्रिधार्मिकस्थल हलेसीमा र माटिकोरे खेलमैदानमा हुने वृहत जनसभामा स्वयमसेवक परिचालन साथै प्रहरी परिचालन गर्ने नेकपा एमाले जिल्ला कमिटी खोटाङका अध्यक्ष रामप्रसाद दंगालले जानकारी दिनुभयो ।

जनसभा कार्यक्रममा विभिन्न पार्टीबाट दुई हजारबढी नेता तथा कार्यकर्ता प्रवेश गराउने तयारी रहेको एमाले खोटाङले जनाएको छ। जनसभामा बिसहजार सङ्ख्यामा जनता उतार्ने तयारी समेत तिब्र भएको बताइएको छ । अध्यक्ष ओली र उपाध्यक्ष ‘बादल’ लाई दिक्तेलमा स्वागत गर्नका लागि एमालेका सबै भातृ सङ्गठनहरुले विभिन्न ठाउँमा गेट समेत निर्माण गरिरहेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटीले सिंचाई गेट अगाडी गेट निर्माण कार्य गरिरहेको नगर कमिटी अध्यक्ष गोपालचन्द्र आचार्यले जानकारी दिनुभयो । बेस क्याम्पस्थित जैपुरेडाँडामा अनेरास्वीयु खोटाङ, दिक्तेल बजारको जिरो प्वाइन्ट रन्तपार्कमा नेपाल खेलकुद महासंघ, त्रिवेणी चौकमा राष्ट्रिय युवा सङ्घ, हाटडाँडामा राष्ट्रिय उद्योग सङ्गठन, अस्पताल चौकमा अनेम सङ्घ, विद्युत कर्भडहल नजिकै निर्माण व्यावसायी सङ्गठन र त्रिधार्मीकधाम हलेसी महादेवमा दुई ओटा गेट निर्माण हलेसी नगर कमिटीले गरिरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया