खाेटाङ, खाेटाङकाे ऐसेलुखर्क गाउँपालिका स्थित त्रिभुवन उच्च मावि विद्यालय ब्यवस्थापन समितिमा गठबन्धनकाे साझा उम्मेदवारलाई हराउदै एमाले निकट टेकेन्द्रराज भण्डारीकाे प्यानल भारि मतका साथ विजयी भएकाे छ ।
शुक्रवार सम्पन्न भएकाे बिव्यसकाे चुनाबमा गठबन्धनका साझा उम्मेदवार सराेजराज भण्डारीकाे प्यानललाई भारि मतान्तरले हराउदै एमाले निकट भण्डारीकाे प्यानलनै विजयी भएकाे हाे ।
त्रिभुवन माविकाे प्राङ्गणमा भएकाे निर्वाचनमा तीन सय ५४ मत खसेकाेमा टेकेन्द्रले दुई सय २२ मत प्राप्त गरेर विजयी भएका छन् भने, उनका प्रतिद्वन्द्वी सराेजले एक सय १७ मत प्राप्त गरेर पराजित भएका छन् । १७ मत भने बदर भएकाे छ । टेकेन्द्रले एक सय ५ मत अन्तरकाे फरकमा जितेका छन् ।
यस्तै, एमाले निकट प्यानलबाट श्रीकुमार राई दुई सय १५, डाेल्मा तामाङ दुई सय ३३, सरिता श्रेष्ठले दुई सय दुई मत ल्याएर बिजयी भएका छन् भने गठबन्धनबाट मनकुमारी तामाङले एक सय ४२, हाेम तामाङ एक सय १३ र पुण्यकुमारी वनले एक सय सात मत ल्याएर पराजित भएका छन्। स्थानिय निर्वाचन नजिकिए सँगै बिव्यसकाे चुनाबमा पनि गठबन्धनकाे लज्जास्पद हार हुुनुले फलिफाप नहुने देखिएकाे छ । त्रिभुवन माबिमा भएकाे विब्यसकाे चुनाबमा एमाले बिरूद्द कांग्रेस, माओबादी, संघिय समाजबादी र एस पार्टीले गठबन्धन गरेका थिए ।
गठबन्धनका साझा उम्मेदवारलाई हराउदै विब्यसमा एमालेकाे सानदार जित
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. बुइपामा प्रथम किराती राजा यलम्बरहाङको ११० फिट अग्लो प्रतिमा उद्घाटन विवादमा
- २. सशस्त्र प्रहरी बल हलेसी गुल्मको १६औँ स्थापना दिवसमा विभिन्न व्यक्तित्व सम्मानित
- ३. ‘छैटौँ सोल्मा अन्तर वडा कप २०८३’ पुरुष फूटबल प्रतियोगिताको उपाधि बाहुनिडाँडालाई
- ४. सम्झौता गरेर काम सुरु नगर्ने १९ योजनाका निर्माण कम्पनीलाई अन्तिम चेतावनी
- ५. खोटाङस्थित रणभीम गण मुडेमा ९४ जना सैनिक दीक्षित
- ६. किराती राजा यलम्बरको ११० फिट अग्लो शालिक : साकेला उँभौलीमा उद्घाटन गरिने


