काठमाडौ , धुलिखेल नगरपालिका-८ का वडा अध्यक्ष निराजन जंगम नेकपा एमाले छाडेर नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेकाछन्। एमालेबाट निर्वाचित वडा अध्यक्ष जंगमलाई जिल्ला सभापति तिर्थ लामाले धुलिखेलमा पार्टी सदस्य दिएर कांग्रेस पार्टीमा प्रवेश गराएको कांग्रेस जिल्ला सचिब गुणराज मोक्तनले जानकारी दिए। कांग्रेस पार्टी प्रवेश गरिएको जंगम एमाले जिल्ला सदस्यमा खुल्लातर्फबाट एक महिना अघि मात्र निर्वाचित भएका थिए। पछिल्लो समय नगरपालिका मेयर अशोककुमार ब्यन्जुसँगको टकराबले एमाले जिल्ला सदस्य एवं वडा अध्यक्ष बुधबार कांग्रेसमा प्रवेश गरेका हुन्। बुधबार बनेपामा भएको एक कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरकृष्ण बैद्य, नेपाल सरकारका पूर्व सहसचिव उद्धव थापा, जनता समाजवादी युवा संगठनका केन्द्रीय उपमहासचिव सुनिल लामा नेपाली कांग्रेस पार्टीमा प्रवेश गरिएको जिल्ला सचिब मोक्तनले जानकारी दिए।
एमालेबाट निर्वाचित वडा अध्यक्ष कांग्रेस प्रवेश
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. रणभीम गणलाई भलिबल र बास्केट बलमा ‘बाहिनीपति ट्रफी–२०८३’को उपाधि
- २. जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : सात बुँदे ‘दिक्तेल घोषणापत्र–२०८३’ जारी
- ३. श्रम साकेला अभियान : जनश्रमदानमार्फत साकेला थान र पार्क (उद्यान)को सरसफाइ
- ४. रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : लोपोन्मुख वन्यजन्तु संरक्षण र पर्यटन प्रवद्र्धनमा जोड
- ५. वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- ६. कृषकको उत्पादनलाई विश्व बजारसम्म पु¥याउन दिक्तेलमा ‘रैथाने कृषि मार्ट’ सञ्चालन


