गठबन्धन विरुद्ध जनता एक, उजुरीका कारण रोकिएका योजना सुचारु गर्न माग

Halesi Khabar

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका स्थानीय गठबन्धन विरुद्ध एक भएका छन् । त्यस वडामा रहेका गठबन्धनका नेताहरले उजुरी दिएका कारण रोकिएका योजना सुचारु गर्न माग गर्दै जनताहरु एक भएका हुन् ।

वडामा सञ्चालित विभिन्न योजनामा अनियमितता तथा भ्रष्टाचार भएको भन्दै जिल्ला प्रशासन कार्यालय, गृह–मन्त्रालय र अख्तियारमा सत्तारुढ गठबन्धन दलको उजुरी परेपछि रोकिएको योजना सञ्चालनको माग गर्दै स्थानिएहरु एक भएर लागेका छन् ।
वडाध्यक्ष लिलाकुमार चौहान नेतृत्वको टोलीले मंगलबार नेपालको राष्ट्रीय झण्डा सहित नारावाजी गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन–पत्र बुझाउँदै अवरुद्ध योजना सुचारु गर्न÷गराउन माग राखेका हुन् ।

सडक ढलान, एकीकृत वस्ती विस्तार, विद्यालय खेलमैदान र घेराबारा लगायतका योजना मापदण्ड विपरित सञ्चालन गर्दै अनियमितता तथा भ्रष्टाचार गरिएको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले गत १७ माघमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन–पत्र बुझाएका थिए । त्यसकै प्रतिकार स्वरुप वडाध्यक्ष चौहान समर्थक सहित शक्ती प्रदर्शनमा उत्रिएका छन् ।

चार वटा बस रिजर्भ गरेर दिक्तेल पुगेका वडाध्यक्ष समर्थित स्थानीयले दिक्तेलबजारमा ‘विकास बिरोधी होसियार, गठबन्धनको नाममा गलत प्रचारवाजी बन्द गर, मान हानी गर्न पाइन्दैन, सञ्चालित योजना चालु गर, सत्यतथ्य छानविन गर, जनता ढाँट्न पाइन्दैन, झुटो मुद्धा लाउन बन्द गर’ लगायतका नारा लगाएका थिए ।

गलत कागजात तयार गरी जनप्रतिनिधि विरुद्ध विभिन्न निकायमा उजुरी हाल्ने र अलोकतान्त्रिक ढंगले विकास निर्माण कार्यलाई अवरोध पु¥याएर वडावासीको अधिकार कुण्ठित पार्ने गैर–राजनैतिक हर्कत गरेकामा आवाज उठाउनु परेको स्थानीय दानबहादुर चौहानले बताए । ‘वडालाई अस्थिर बनाउन चाहने, विकास विरोधी, अरुको अस्तित्व स्वीकार गर्न नसक्ने र आफ्नो स्वार्थको लागि वडामा भएको विकास रोक्न चाहने केही व्यक्तिले अवरोध गरेको हो,’ उनले भने, ‘उक्त अवरुद्ध विकास निर्माण कार्य तत्काल सञ्चालन गर्न आवश्यक छ । दुई महिनादेखि रोकिएको निर्माण कार्यलाई सम्वन्धित निकायले अहिलेसम्म निकास नदिइ मौनता साँधेकोप्रति हाम्रो आपत्ती छ ।’

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा वडामा अन्य दलको गठबन्धन हुँदा पनि अध्यक्ष चौहान सहित सिङगो एमालेको प्यानल विजयी भएका थिए ।

वडाकोे विकास र लोकप्रियता देखेर त्रसित भएका गठबन्धनले उजुरी हालेर अवरोध सिर्जना गरेको वडाध्यक्ष चौहानले बताए । अध्यक्ष चौहानले भने, वडामा भएको विकासको लहर देखी गठबन्धन आतिएको छ, मेरो कुनै कमजोरी छैन गल्ती सावित गरेर देखाउन म उनिहरलाई चुनौति दिन चाहान्छु । सबै काम उपभोत्ता समिति बनाएर गरेको छ, मैले समिति बनाएर नगरमा सिफारीस गर्नेमा मात्र हो, सम्झौता गर्ने, बिल भुत्तानी गर्ने, फरफारक गर्ने, अनुगमन गर्ने नगरको काम हो, यसमा मेरो केदोस छ र सरासर जनताको लहर देखेर नियोजित रुपमा रचेको षड्यन्त्र हो यो चाडै सकिएर जानेछ अन्तत सत्यको जित हुनेछ ।

जनता विकासको पक्षमा भएकाले वडामा पार्टीगत रुपमा भएको द्धन्द्धले कुनै अर्थ नराख्ने गठबन्धनको यो हर्कतले एमाले झन बलियो बनेको एमाले नगरकमिटि अध्यक्ष गोपालचन्द्र आचार्यले बताए । उनले हलेसी खबर सगँ कुरा गर्दै भने, ०७४ को स्थानिय निर्वाचनमा ७ दल एक ठाउमाँ भएर रुखमा भोट हाल्दात केहीपार चलेन एमालेलाई जसले कमजोर पार्न खोज्छ उही सिधिन्छ । अध्यक्ष आचार्यले भने, उजुरी दिएर योजना रोक्नु भनेको जनताको विपक्षमा लाग्नु हो, यसले रोक्ने पक्षलाई नै घाटा हुन्छ । गठबन्धनको पाराले सर्वसाधारण भने हैरान भएका छन् ।

तपाईको प्रतिक्रिया