आगलागी पीडितलाई गाउँपालिकाको ५० हजार आर्थिक सहयोग

Halesi Khabar

खोटाङ–खोटाङको जन्तेढुंगा गाउँपालिकाले चिसापानी (पाथीभरा)का अग्नीपीडित डम्बरबहादुर राईको परिवारलाई ५० हजार आर्थिक सहयोग गरेको छ ।

गाउँपालिका अध्यक्ष शंखरबहादुर राई आफै उपस्थीत भएर ५० हजार नगद, दुई बोरा चामल, दाल, लत्ताकपडा लगाएत सहयोग गर्नु भएको हो । सहयोगि मनका धनि अध्यक्षले तत्काल आगलागि भएको ठाउँमा नै गएर आर्थिक लगाएत सहयोग गर्नु भएको प्रमुख प्रशासकिय अधिकृत पवनकुमार पोखरेलले बताउनु भयो ।

किचनका रुपमा प्रयोग हुँदै आएको कटेरोबाट सुरु भएको आगोले घर र घरमा भएका लत्ताकपडा, अन्नपात लगाएत जलेर पुर्ण रुपमा नष्ट भएकाछन् ।

शुक्रबार पास्नीको दिन अगेनामा खाना पकाउनेक्रममा कटेरोको टाँडमा राखिएको परालमा आगो सल्किएर आगलागी सुरु भएको थियो । विस्थापितको घर निर्माणका लागि सक्दो सहयोग गर्ने अध्यक्ष राईले बताउनु भएको छ ।

 

तपाईको प्रतिक्रिया