गठबन्धन सङ्कटमा

Halesi Khabar

काठमाडौं । एमसीसीलाई प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लेखेको पत्र बाहिरीएसँगै सत्ता गठबन्धन संकटमा परेको छ । एकातर्फ एमसीसी टेवुल गरे गठबन्धन छाड्ने माओवादीको चेतावनी र अर्कातर्फ नेकपा एकीकृत समाजवादीको चित्त दुखाईले यसमा अझ संकट थपेको हो ।

अप्राकृतिक गठबबन्धनको सँज्ञा पाएको सत्ता गठबन्धन फुटको उत्कर्षमा पुगेको छ । एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रकाअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखेको पत्र सार्वजनिक भएपछि सत्ता घटकमा अविश्वास चुलिएको हो ।

सोहि कारण ७ महिनापछि एमाले अध्यक्ष केपी शर्मा ओली वालुवाटार पुग्नुभयो नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने वेवास्तामा परे । पत्र सार्वजनिक भएसंगै देउवा-प्रचण्ड-ओलीको वार्तामा ओलीकै माग बमोजिम नेपाललाई बोलाईएन । अर्थात नेकपा एकीकृत माजवादीलाई पार्टी नै नमान्ने ओलीको अडानलाई सत्ता घटककै नेता देउवा र प्रचण्डले मौनरुपमा स्वीकार गरे । आफू बाहेकको छलफल भएपछि नयाँ सत्ता समिकरण त हुने हैन भन्ने डर एकीकृत समाजवादीमा परेको छ ।

केपी ओलीको मेख मार्ने एउटै मात्र उद्देश्य बोकेर हिँडेका माधव नेपाललाई अफ्नो हाइट कतिसम्म रहेछ भन्ने मात्रै बालुवाटार बैठक बाटै थाहा भयो होला । जहिलेपनि प्रचण्ड बालुवाटार जाँदा नेपाल पनि सँगै जानुहुन्थ्यो । आफू मुख्य दलको शीर्ष नेताभित्रै पर्छु र त्यसमा पनि ओलीको भन्दा बढ्ता महत्त्व आफ्नै छ भन्ने नेपाललाई लाग्थ्यो । तर एमसीसी, स्थानीय चुनाव लगायतका अरू समसामयिक विषयमा हुने छलफलमा माधव नेपालको उपस्थिति आवश्यक छैन भन्ने देउवाले पनि बुझेर बोलाउनुनै भएन । अहिलेका सबै राजनीतिक घटनाक्रमहरू देउवा, ओली र प्रचण्डकै वरपर घुमिरहेका छन् । यो रिङ मा माधव नेपाल नसमेटिँदा पनि फरक पर्दैन । पछिल्लो पटक फेरिँदो घटनाक्रमबाट माधव नेपालले पनि यो कुरा छर्लङ्ग बुझेको हुनुपर्छ । माधव नेपाललाई नजिकबाट बुझेका सबैलाई थाहा छ, माधव नेपाल मान र पद भनेपछि हुरुक्कै हुने नेता हुनुहुन्छ । यसअघि दुई ठाउँबाट चुनाव हार्दासमेत सांसदबाट प्रधानमन्त्री बनेको र महाधिवेशनमा हार्दासमेत प्रचण्डकै हाराहारीको अध्यक्ष बन्न खोजेकोबाट त हरेक नागरिकले उनको पदप्रतिको आशक्तिलाई यसअघि नै बुझिसकेका हुन् ।

यही लोभ र आशक्तिले उहाँलाई अस्थिर बनायो । एमालेमा पनि उहाँ वरिष्ठ नेता नै हुनुहुथ्यो , माओवादीसँग एकता भएपछि पनि उहाँ त्यही वरिष्ठ पदमा कायम रहनु भएको थियो । तर प्रचण्डको लहलहैमा लागेर ओलीलाई कमजोर पार्न माधव नेपाल आफैँले बनाएको एमालेकै जग हल्लाउन थालेपछि कुरा जटिल भयो ।

यसअघि १५ वर्षसम्म पार्टीको नेतृत्व गरेर पनि एमालेलाई बलियो बनाउन नसकेको आरोप नेपालको टाउकोमा छ । त्यसको अन्तिम रूप २०६४ सालको चुनावको नतिजाले पनि देखाएकै हो । पार्टीलाई उकास्न सकिएन भनेर उहाँले नैतिकताका आधारमा राजीनामा पनि दिनुभएको थियो । त्यतिबेला उहाँले पार्टी नेता, कार्यकर्ताबाट टन्नै सहानुभूति पनि पाउनुभएको थियो । तर त्यो नैतिकता र सहानुभूतिलाई उहाँले टिकाउन सक्नुभएन ।

उहाँको समर्थनमा रहेका नेता, कार्यकर्ताले बिस्तारै छाड्न थाले । पार्टीभित्र सधैँ कचकच गरिरहने, आफ्नै समूहमा रहेका कार्यकर्ता र तल्लो तहका नेतालाई नचिन्ने, छुद्र वचन लाएर कार्यकर्तालाई चिढ्याउने, विदेश भ्रमण भनेपछि मरिहत्ते गर्ने नेता भनेर उहाँमाथि आरोप लागिरहेकै हो । होली वाइन प्रकरणले त उनलाई झन् तल गिरायो । एमालेभित्रै बसेर आफ्नो हाइट बढाउने अवसर हुँदाहुँदै पनि उहाँले अध्यक्ष बन्नकै लागि अर्को पार्टी खोल्नुभयो । कांग्रेस र माओवादीले टेको छाड्नेबित्तिकै आफू उभिएको ठाउँ परालको कुन्यु झैँ गर्ल्यामगुर्लुम ढल्छ भन्ने उहाँलाई राम्रोसँग थाहा छ । त्यसैले गठबन्धनमा देउवाले भाउ दिन छाडे पनि कुण्ठा पोख्नुबाहेक अब नेपालसित विकल्पहरू सकिँदै गएका छन् । उता एमसीसीमा आफ्नो अडानको बीच पत्र सार्वजनिक भएपछि माओवादी केन्द्रले पनि कांग्रेसलाई शंकाको नजरले हेर्न थालेको छ भने कतै गठबन्धन फुट्ने र वामपन्थी एक हुने त हैनन् भन्ने डर कांग्रेसमा पनि छ । यद्यपी पत्र सार्वजनिक हुनुलाई कांग्रेसले भने आईसब्रेक भनेको छ । देउवाको रणनितिको चेपुवामा गठबन्धन छ ।

गठबन्धन नभए यसअघि आफूलाई हराएका एकीकृत समाजवादी र माओवादी केन्द्रका नेता पुन तगारो बन्ने ठानेका रामचन्द्र पौडेल, कृष्ण सिटौला जस्ता कांग्रेस नेताहरु भने गठबन्धनको पक्षमा छन ।त्यस्तै गठबन्धन फुटे बन्ने सम्भावित समिकरण वामपन्थी गठबन्धनमा नपर्ने पक्का भएको एकीकृत समाजवादी पनि यहि गठबन्धन दिगो बनाउनुपर्ने बाध्यतामा छ ।तर एमसीसी निर्वाचन जस्ता महत्वपूणर् विषयमा भएको वैठकमै ओलीको ईच्छा अनुसार नेपाललाई नबोलाएकोमा भने खुसी देखिएको छैन । जसलाइ एकीकृत समाजवादीले आफ्नो पार्टी प्रतिको अपमान भएको बताएको छ । यदि कांग्रेसले एक्लै अघि बढ्ने घमण्ड गरे त्यो राम्रो नहुने उसको भनाई छ ।

स्थानीय निर्वाचन र एमसीसीमा एकोहोरो अघि बढाउन खोजेपछि माओवादी केन्द्रले गठबन्धन छाड्ने चेतावनी नै दियो । गठबन्धनको अर्को सहयात्री राष्टिय जनमोर्चा बाहिरएको छ । वाहिर एक र भित्र अर्को कुरा गरिरहेका प्रचण्डको दोहोरो चरित्र यहि वीचमा पर्दाफास भएपछि उहाँ अझ नैतिक दवावमा पर्नुभएको छ । यहि बाध्यताकै कारण सहि फरक मत नराखेको एकीकृत समाजवादीलाई पनि देउवाले स्पेस नदिएपछि अब सत्ता घटकमध्येका तीन दल तीन तीर देखिएका छन । हिजो मात्रै सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया