खोटाङ, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ जिल्ला शाखा खोटाङको अध्यक्षमा पुन रामधन राई चयन भएका छन्। अघिल्लो कार्यकाल पनि अध्यक्ष रहेका राई महासंघको चौथो जिल्ला अधिवेशनबाट सर्वसहमत रुपमा पुनः अध्यक्षमा चयन भएका हुन्।
शनिबार जिल्ला समन्वय समितिको हलमा भएको अधिवेशनबाट राईको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ । महासंघको उपाध्यक्षमा चिसाङ शेर्पा पनि दोहोरिएका छन्।
सचिवमा सन्जिव राई, सह–सचिवमा उमेश भुजेल, कोषाध्यक्षमा एल्जिना राई, सदस्यहरुमा कृष्णकला राई, असल चरित्र राई, सुनिल श्रेष्ठ, जीवन राई, पूजा राना, जीवन राना, कला राई, तजिना राई, प्रवीण राई र कोसीकुमार राई चयन भएका छन् ।
प्रदेश प्रतिनिधिमा खिलन राई, कृष्णकला राई, सुदीप राई तथा केन्द्रीय प्रतिनिधिमा सूर्य तामाङ, संगीता राई र टिवन राई सर्वसहमत चयन भएका छन्।
नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रीय सदस्य केदार मगरको प्रमुख आतिथ्यमा भएको अधिवेशनबाट चयन भएका पदाधिकारीहरुलाई नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष फुर्वा शेर्पाले प्रमाणपत्र वितरण गरेका थिए।


