खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकामा पछिल्लो समय एमाले प्रबेश गर्नेको ओईरो लाग्ने गरेको छ । वडा, नगर र केन्द्रको अधिबेशन सकेलगतै एमाले प्रति जनताको झन आकर्षण बढेकोले पार्टी प्रबेश गर्नेको ओईरो लाग्ने गरेको हो ।
आईतबार फेदीमा विभिन्न पार्टी परित्याग गरी १४ जना नेकपा एमालेमा प्रवेश गरेको केपिलासगढी गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताउनु भयो । सत्तारुढ दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका क्रियाशिल सदस्यहरु एक कार्यक्रमका बिच एमालेमा प्रवेश गरेको अध्यक्ष राईले जानकारी दिनु भयो ।

युवा संघ नेपाल फेदीको गठन तथा पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस बाक्सिलाका क्रियाशिल सदस्य जगत सुनवार, तोमानेका रामसोर राई, सारालुङका रामधन राई, नरहाङ राई, तिरीचन्द्र राई, देउराज राई, देवान राई, सविन राई, उदेश राई, उत्रमनी राई, लक्ष्मी राई, आइटम राई तथा दिगम्बर राई एमालेमा प्रवेश गरेका छन् ।
यस्तै, जनता समाजवादी पार्टीका सदस्य भाईराजा राई पनि एमालेमा प्रवेश गरेका छन्।
नवप्रबेशीहरुलाई एमालेका जिल्ला सदस्य तथा केपिलासगढी गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले खादा लगाएर अबिर लगाई पार्टीमा स्वागत गर्नु भएको थियो । पार्टी प्रवेश गरेकाहरुलाई पार्टीमा उचित स्थान दिईने जिल्ला सदस्य तथा गाउँपालिका अध्यक्ष राईले बताउनु भयो ।वडा अध्यक्ष भाइराज राईको सभापतित्वमा युवा संघ गठन तथा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको थियो ।
यस्तै केहिदिन अघि कांग्रेसबाट निर्वाचित वडा सदस्यसहित वडा नं २ खार्तम्छामा १८ जना एमालेमा प्रवेश गरेका थिए ।


