खोटाङ, ६ मंसिर । नेपाली कांग्रेसका पूर्वराज्यमन्त्री एवम् जिल्लाका नेता सर्वधन राईको नाम नसुन्ने कांग्रेसीहरु कमै मात्रामा होलान् । तर, बुढापाकादेखि युवासम्ममा भने यो नाम चिरपरिचित छ । लोकप्रीय छ ।
वि.सं. २०२० साल भदौ २१ गते तत्कालिन सल्ले गाविसको हात्तीटारमा जन्मिएका राईले औपचारिक शिक्षा सल्ले माध्यमिक विद्यालयवाट सुरु गर्नुभएको हो । रुम्जाटार माध्यमिक विद्यालय ओखलढुंगावाट प्रवेशिका परीक्षा उतिणर् गर्नुभएका राईले उच्च शिक्षा काठमाण्डौमा अध्ययन गर्नुभएको हो ।
‘ल’ क्याम्पस भृकुटीमण्डपवाट उच्च शिक्षा सुरु गरी त्रिभुवन विश्व विद्यालय र्कितिपुरमा सोसोलोजी अध्ययन गर्नुभएका राईले सानै उमेरबाट राजनीतिमा लगाव र झुकाव राख्ने गर्नुहुन्थ्यो । सगरमाथा अञ्चल कमिटीमा उपसभापति बन्नुभएका राईले विधार्थी आन्दोलनमा निरन्तर भाग लिनुभयो । वि.सं. २०४६ सालको आन्दोलनमा भाग लिएर सफल भएपछि उहाँले जिल्ला आएर दिनरात नभनि पार्टीमा काम काम गर्न थाल्नुभयो । ‘त्यो बेला पदको महत्व थिएन । संगठनको महत्व थियो । उहाँले भन्नुभयो ।
पार्टीप्रति उहाँले गर्नुभएको कामको उच्च मूल्याङ्कन गर्दै वि.सं. २०४९ सालमा पार्टीले उहाँलाई जिल्ला कार्य समिति सदस्य बनायो । पार्टीकै काम गर्दै जादाँ तेश्रो र चौथो जिल्ला अधिवेशनमा शिव वस्नेतसँग उहाँ जिल्ला सभापतिका लागि प्रतिस्पर्धी बन्नुभयो । चौथो अधिवेशनमा तीन मतले पराजित हुनुभयो। पार्टीकै हितमा काम गरिरहंदा राईले वि.सं. २०५६ सालको आम निर्वाचनमा क्षेत्र नं. १ बाट विजयी हुनुभयो ।
उद्योग सहायक मन्त्री हुँदै राज्यमन्त्री समेत बन्नुभएका राई तत्कालिन समयमा भईरहेको द्धन्द्धका कारण जनताको पिरमर्का वुझ्न जनताका घर-घरमा पुग्न सक्कनुभएन । जनताको ढोकामा पुगेर उहाँहरुको दुःख बुझ्न, सहयोग गर्न मन थियो । त्यो बेला माओवादीका कारण ज्यान जोखिममा थियो । गाउँघरमा आउने स्थिती थिएन। उहाँले भन्नुभयो, “माओवादीले घरमा आगजानी गरिदियो, बुवाआमालाई कुटे, कुटाईकै कारण बुवा बित्नुभयो।”
जिल्लावासीले यथार्थ नबुझीकन मलाई शहर बस्ने नेता भने । ‘वास्तविकता त्यो थिएन । उहाँले भन्नुभयो, “परिस्थिति नै त्यस्तो थियो। अब जिल्लाको कांग्रेस बनाउने जिम्मा लिंदैछु । सबैले साथ दिनुहोला ।”
जिल्ला सभापतिमा राईको उम्मेद्वारी
नेपाली कांग्रेस खोटाङको सातौ जिल्ला अधिवेशनमा पूर्वराज्यमन्त्री राईले सभापतिको उम्मेद्वारी दिनुभएको छ । सोमबार दिक्तेल बजारस्थित पार्टी कार्यालयमा जिल्ला निर्वाचन अधिकृत कहाँ पुगेर राईले कांग्रेसको जिल्ला सभापतिका लागि उम्मेद्वारी दर्ता गराउनुभएको हो ।
‘आफू र गुटका केही मानिस बन्नलाई हैन, सिंगो खोटाङ कांग्रेस बनाउनलाई मेरो उम्मेद्वारी हो।’ राईले भन्नुभयो। “यो पटक नेतृत्व सम्हाल्ने अवसर दिनुहोस प्रतिफल मजाले पाउनुहुन्छ।” दुई-दुई पटक मन्त्री हुँदा आर्थिकको मामलामा स्वच्छ रहेका राईलाई एक इमान्दार नेताका रुपमा चिन्न सकिन्छ । पूर्वमन्त्री भईसकेकाले पुनःपार्टीलाई चलायमान बनाउन अघि सरेकोमा अधिकांश क्षेत्रिय प्रतिनिधिले राईलाई नेतृत्वमा देख्न चाहेको बताएका छन्।
राईको उपसभापतिमा मनोज तिम्सिना, राजन सैजु, सचिवमा रोजन राई, राम साम्पाङ सह-सचिवमा ध्यान वहादुर राई र राजकुमार राई छन् ।


