खोटाङका कानुन व्यवसायीले गरे न्यायपालिकाको विकृति विरुद्धमा विरोध

Halesi Khabar

खोटाङ, २९ कातिक । खोटाङमा पनि कानुन व्यवसायीहरुले न्यायपालिकाको विकृति विरुद्ध विरोध जनाएको छ। ‘नेपाल वार एशोसिएसन जिल्ला अदालत वार इकाई’ दिक्तेलले जिल्ला अदालत परिसरमा कालोपट्टि सहित एक घण्टा विरोध जनाएको हो।

न्यायपालिकाको विकृति, विसंगती र भ्रष्टाचार विरुद्ध हातमा कालोपट्टि बाँधेर सोमबार बिहान ११ बजेदेखि मध्यान्ह १२ वजेसम्म विरोध जनाईएको अधिवक्ता ओमप्रकास घिमिरेले बताउनुभयो ।विकृति, विसंगती र भ्रष्टाचारमा चुर्लम्म डुबेको न्यायपालिकालाई शुद्धीकरण गर्नमा आफूहरुको विरोध कार्यक्रमले सहयोग पुग्ने घिमिरेले जानकारीदिनुभयो । ११ जना वारको जिल्ला सदस्य भए पनि उपलब्ध भएका कानुन व्यवसायीहरुले विरोध जनाएका हुन् ।

नेपाली जनताको सबैभन्दा आस्थाको धरोहरको रुपमा स्थापित न्यायपालिकाका प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले राजनीतिक भागबण्डा खोजेपछि कानुन व्यवसायीहरु १४ कार्तिक यता आन्दोलनमा छन् ।

तपाईको प्रतिक्रिया