गोरखा, २५ कातिक । गोरखाको अजीरकोट गाउँपालिका-५ चनौटेबाट १५ किलो दुईसय ग्राम लागूऔषध चरेससहित एक महिला पक्राउ परेकी छन्।
प्रहरीका अनुसार बुधबार राती साँढे १ः३० बजे ठूलो परिमाणमा अवैध लागूऔषध चरेशसहित धार्चे गाउँपालिका-४ लाप्राककी ४३ वर्षीया कोपिला गुरुङ पक्राउ परेकी हुन् ।
बारपाकबाट गोरखातर्फ आउँदै गरेको बा. २० च ९३३२ नम्बरको जीप चेकजाँच गर्दा उक्त चरेश फेला परेको जनाइएको छ । महिलाले चरेश पहेँलो रङको बोराभित्र पोलिथिन प्लास्टिकको झोलामा लुकाइछिपाइ ल्याइएको बताइएको छ ।
महिलाविरुद्ध बिहीबार मुद्धा दर्ता गरी सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । गाडीमा सवार अन्य तीनजनाको भने प्रत्यक्ष संलग्नता नदेखिएको । प्रहरीको भनाइ छ । उनीहरुलाई सामान्य तारिखमा रिहा गरिएको प्रहरीले बताएको छ ।


