देउवा सरकारको बिभुषणप्रति सुवास नेम्वाङको गम्भीर आपत्ति


काठमान्डौं, ३ असोज । संबिधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकारले प्रदान गरेको बिभुषणप्रति गम्भीर आपत्ति जनाउनु भएको छ ।संबिधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा एमालेलेअ ाज आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले संसदीय दलका उपनेतासमेत रहनुभएका संबिधानसभा अध्यक्ष नेम्वाङले बिभुषण संबिधानमाथि खेलवाड गर्नेहरुलाई छानीछानी दिएको भन्दै आपत्ति जनाउनु भयो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सत्ता साझेदार नेकपा एकीकृतका अध्यक्ष माधव नेपालका पिता र एमाले बिभाजनमा भुमिका खुल्नुभएका पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डकी पत्नीसहित परमादेश धाराबाट प्रधानमन्त्री बनाउने सर्वाेच्च अदालतका न्यायाधीश र कानून ब्यवसायीलाई बिभुषित गरिएको छ । नेम्वाङले सोही बिषयमा गम्भीर प्रश्न उठाउँदै बिभुषण नलिने घोषणा गर्न संबौधानिक इजलाशमा रहेका न्यायाधीशलाई आग्रह गर्नुभयो ।

‘बिभुषणको मापदण्ड कस्तो थियो मलाई थाह छैन तर जसरी दिइएको छ, त्यो हाम्रो संबिधानले परिकल्पना गरेको भन्दा बिल्कुलै फरक छ, एमाले बिभाजन र संबिधानको अपब्याख्या गरी यो सरकार बनाउन लाग्नेहरुलाई दिइएको छ, यस्तो त कहिँ हुन्न,’ नेम्वाङले भन्नुभयो । उहाँले बिभुषित हुनेहरुको योगदान मुलुकका लागि के थियो भन्ने हेर्न पनि सुझाव दिनुभयो ।
सरकारले एमाले र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध आमाचकारी गर्नेलाई बिभुषित गर्ने मापदण्ड बनाएको देखिएको संकेत पनि नेम्वाङले गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया