फाइल तस्वीर
खोटाङ, ३ असोज । नेपाली कांग्रेसका युवा नेता एवम् खोटाङका महासमिती सदस्य रविप्रकाश राईले कांग्रेसको राजनीतिक मार्गमा मुकुलक हिडिरहेको बताउनुभएको छ । शनिबार साकेला गाउँपालिका-२ रतन्छमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता राईले सो कुरा बताउनु भएको हो ।

रतन्छामा नेकपा एमाले, माओवादी केन्द्र, जसपा परित्याग गरी ७१ जना कांग्रेसमा प्रवेश गरेका थिए । उनीहरुलाई नेता राईले भव्य स्वागत गर्नुभएको थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता राईले नवप्रवेशिरुलाई योग्यता र क्षमताको आधारमा उचित मुल्यांकन गर्दै उपयुक्त जिम्मेवारी प्रदान गर्ने सतेत प्रतिबद्धता गर्नुभयो । देश निर्माणको महाअभियानमा पार्टी प्रवेशले ठूलो अर्थ राख्ने उहाँको भनाइ छ ।


