बैशाख २४ । पार्टी एकता जोगाउन आग्रह गर्दै नेकपा (एमाले)ले लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला संयोजकहरुले अपील गरेका छन् ।
पार्टीभित्र विगत वर्षहरुदेखि आन्तरिक अन्तरविरोधहरु देखा परिरहेको र यसले पार्टीलाई क्षति र्पुयाइ रहेको भन्दै उनीहरुले एकतावद्ध एमालेका लागि आग्रह गरको हुन । ‘यो अन्तर संघर्षले पार्टीलाई क्षति पुर्याइरहेको हामीले महशुस गरिरहेका छौं,’ संयुक्त वक्तव्यमा भनिएको छ, ‘कम्युनिष्ट पार्टीको इतिहास, आदर्श, मुल्य मान्यता र जनताप्रतिको जवाहदेहितालाई आत्मसाथ गर्दै हाम्रा आदरणीय नेताहरुलाई एकतावद्ध भई नेकपा एमाले पार्टीलाई जोगाउन अनुरोध गर्दछौं।’ अहिले एकजुट हुन नसके इतिहासले कहिले पनि क्षमा नगर्ने उनीहरुको भनाइ छ । आजै गण्डकी प्रदेश अन्तर्गतका जिल्ला संयोजकहरुले पनि उस्तै आग्रह गरेको संयुक्त वक्तव्य जारी गरेका छन् । एमालेको एकता जोगाउन केन्द्रमा अन्तिम पहल भइरहेका बेला जिल्ला अध्यक्षहरुको विज्ञप्ति आएको छ। एमाले जीवनका लागि वैशाख २७ गते महत्वपूर्ण दिन मानिएको छ। उक्त दिन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिदै हुनुहुन्छ । जनताटाईम्सबाट
पार्टी जोगाउन एमाले लुम्बिनीका जिल्ला संयोजकहरुको नेतृतवलाई दबाव
तपाईको प्रतिक्रिया
- १. ठेकेदारले सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
- २. साकेलामा लेखापाल नहुँदा कारोबार प्रभावित
- ३. खोटाङका तीन स्थानीय तहले आइतबार पनि पठनपाठन सञ्चालन गर्ने
- ४. बुइपामा प्रथम किराती राजा यलम्बरहाङको ११० फिट अग्लो प्रतिमा उद्घाटन विवादमा
- ५. सशस्त्र प्रहरी बल हलेसी गुल्मको १६औँ स्थापना दिवसमा विभिन्न व्यक्तित्व सम्मानित
- ६. ‘छैटौँ सोल्मा अन्तर वडा कप २०८३’ पुरुष फूटबल प्रतियोगिताको उपाधि बाहुनिडाँडालाई


