खोटाङ, ६ वैशाख । नेकपा एमालेको भातृ सङ्गठन अखिल नेपाल महिला सङ्घ ९अनेमसङ्घ० खोटाङको बिस्तारित बैठकले दिलकुमारी राईको संयोजकत्वमा ६१ सदस्य जिल्ला आयोजक कमिटि गठन गरेको छ । बैठकले सह–संयोजकमा धनकुमारी श्रेष्ठ र सचिव रेजिना आचार्य सर्वसहमत चयन गरेको अनेमसङ्घ खोटाङको ईन्चार्ज विणादेवी राईले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समितिको हलमा भएको कार्यक्रममा प्रमुख अतिथि हरिकुमार पोखरेल, एमाले खोटाङका उपाध्यक्ष देवविक्रम राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल, नगर कमिटि अध्यक्ष गोपालचन्द्र आचार्य लगायतले शुभकामना दिनुभएको छ ।
कार्यक्रममा बराहपोखरी गाउँपालिकाका उपप्रमुख गोमा मगर, ऐसेलुखर्क गाउँपालिका उपप्रमुख पुष्पकला भुजेल, केपिलासगढी गाउँपालिका उपप्रमुख हीराकुमारी वन, खोटेहाङ गाउँपालिका उपप्रमुख कविता राई, जन्तेढुङ्गा गाउँपालिका उपप्रमुख विमला राई लगायतको सहभागिता रहेको थियो ।
भेलाले चन्द्रकला भुजेलको संयोजकत्वमा ४५ सदस्य नगर आयोजक कमिटिसमेत गठन गरेको जनाइएको छ । कमिटिको सह–संयोजकमा आइकुमारी राई र सचिव शशिकला राई रहनुभएको छ ।
अनेम सङ्घ खोटाङको संयोजकमा दिलकुमारी
तपाईको प्रतिक्रिया
- १. रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : लोपोन्मुख वन्यजन्तु संरक्षण र पर्यटन प्रवद्र्धनमा जोड
- २. वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- ३. कृषकको उत्पादनलाई विश्व बजारसम्म पु¥याउन दिक्तेलमा ‘रैथाने कृषि मार्ट’ सञ्चालन
- ४. नयाँ वर्ष २०८३ को पहिलो दिन : पर्यटकीयस्थलहरुमा आन्तरिक पर्यटकको भीड
- ५. जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा
- ६. किसानलाई व्यवसायिक बनाउन मौरीको आधुनिक घारसहित तालिम प्रदान


