अख्तियारमा सरकारको हस्तक्षेप हुँदैन, देश र जनतालाई शिरमा राखेर काम गर्नुस् : प्रधानमन्त्री ओली

Halesi Khabar

काठमाडौँ, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनैपनि संवैधानिक अंगमा हस्तक्षेप नगर्ने बताउनुभएको छ । ओलीले राज्यका कुनैपनि अंगमा धम्क्याउने तथा तर्साउने काम कोही कसैबाट हुन नहुने बताउनुभयो ।

केही शक्तिहरु संवैधानिक अंगहरुलाई धम्क्याउन र तर्साउन लागेको भन्दै प्रधानमन्त्री ओलीले त्यस्ता डर, धम्की र त्रासबाट प्रभावित नहुन उनले सबै अंगका प्रमुख तथा पदाधिकारी र कर्मचारीलाई आग्रह गर्नुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औँ स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको आफूहरुको मुख्य कर्तव्य भ्रष्टाचार नियन्त्रण भएको भन्दै यसका लागि सबैले आ–आफ्नो स्थानबाट सक्दो पहल गर्न आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया