नेकपा ओली समूहको अखिल संयोजकमा खेमराज राई

Halesi Khabar

हलेसी खबर
खाेटाङ, २२ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अाेली समूह निकट अनेरास्ववियू खोटाङकाे संयाेजक खेमराज राई बनेका छन्। जिल्ला समन्वय समितिकाे सभाहलमा भएकाे विद्यार्थी भेलाले राईकाे संयाेजकत्वमा एकाउन्न सदस्यिय सम्मेलन अायाेजक समिति निर्माणा गरेकाे हाे।

भेलाले अहिले पार्टी भित्र संस्थापन पक्ष (पहिलो अध्यक्ष पक्ष)माथि भएको घेराबन्दीको विरुद्धमा एक भएर उभिने संकल्प गरेकाे छ । यस्तै जिल्ला भरीका शैक्षिक संस्थाहरूमा संगठन विस्तार गर्न निस्कने भेलाले निर्णय गरेकाे संयाेजक राईले जानकारी दिए ।

यस्तै बुधबार २२ गते बिहानै दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलमा उपलब्ध विद्यार्थी साथीहरू सँग अन्तरक्रिया कार्यक्रम समेत गरेकाे छ। नेरास्विवयुले “वर्तमान राजनैतिक अवस्था र अबको हाम्रो कार्यदिशा” विषयमा अन्तरकृया गरेकाे हाे । विद्यार्थीहरुका समस्या के कस्ता छन् भन्ने बारेमा समेत कार्यक्रममा चर्चा भएकाे थियाे ।

तपाईको प्रतिक्रिया