ओखलढुङगा । ओखलढुङगाको लिखु गाउँपालिका-३ नरबडेश्वर सतलुंग भन्ने स्थानमा घर लिप्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जना महिलाको मृत्यु भएको छ । लिखु गाउँपालिका –४ डाँडागाँउ बस्ने ५५ वर्षीया सेतीमाया मगरको बिहीबार दिउसो घटनास्थलमै मृत्यु भएको हो ।
साथै सोही ढिस्कोमा पुरिएर घाइते भएकी सेतीमायाकी १८ वर्षीया छोरी बिष्णु मगरलाई उपचारको लागि छाउनी अस्पताल काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।


