काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रोपेका फलफूलका विरुवा जोगाउनै मुस्किल भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा गंगा बरालले लेखेका छन् ।
गत जेठ २२ गते प्रधानमन्त्री ओलीले एक नेपाली एक फलफूलको विरुवा रोपण अभियान सुरु गर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि एभोकाडो र लिची रापेका थिए ।
उक्त अभियानअन्तर्गत २८ लाख ९० हजार ९ सय १९ विरुवा रोपिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयका प्रवक्ता बिनोदबहादुर कुँवरले जानकारी दिनुभयो । कार्यालयले मंसिरमा तथ्यांक प्रकाशित गरेको थियो ।अहिले पनि सबैतिर यो अभियान चलिरहेको छ, पछिल्लो तथ्यांक मगाइरहेका छौं प्रवक्ता कुँवरले भने ‘प्रधानमन्त्री कार्यालयले सबै स्थानीय तहलाई यो अभियानमा लाग्न पत्राचार गरेको छ ।’


