विराटनगर । जन्मसिद्ध नागरिकता प्राप्त गरेकाहरुको सन्तानलाई वंशजको नागरिकता वितरणमा सर्वोच्चले रोक लगाएपछि विराटनगरका युवाहरु आन्दोलित बनेका छन् । उनीहरुले मंगलबार दिउँसो विराटनगरको महेन्द्र चौकमा नागरिकता वितरणमा रोक लगाएको भन्दै प्रधानमन्त्री केपी ओलीबिरुद्ध नाराबाजी गर्दै प्रर्दशन गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे र सुनसरीका सहायक सिडओ ध्रुवबहादुर खडकाले सर्वाच्चको आदेशपछि मंगलबारदेखी अर्को परिपत्र नआएसम्मका लागि नागरिकता वितरण रोकिएको बताए ।
जिल्ला प्रशासन कार्यालय विराटनगर अगाडि भेला भएर नाराबाजी गर्दै गरेका व्यक्तिहरूलाई प्रहरी र प्रशासनले सम्झाएर पठाएको थियो । तर पनि उनीहरू उत्तेजित हुनसक्ने भएपछि प्रहरी परिचालन गरिएको हो ।


