काठमाडौं । हिन्दु राष्ट्रको माग राख्दै राप्रपा नेपालले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । राप्रपाको प्रदर्शन पद्मोदय मोडमा आइपुग्दा प्रहरीले हक्ष्तक्षेप गरेर राप्रपा अध्यक्ष कमल थापासहितका नेतालाई नियन्त्रण लिएको हो ।
प्रहरीले अध्यक्ष थापा सहित नेता बुद्धिमान तामाङ, दिपक बोहोरा लगायतलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले केहिबेर नियन्त्रणमा लिएर राप्रपा नेताहरुलाई छोडेको छ । रापप्रा नेतालाई नियन्त्रणमा लिने क्रममा सामान्य झडप हुँदा केहि कार्यकर्ता समेत घाईते भएका छन् ।
प्रदर्शनका क्रममा राप्रपाका नेता–कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि झडप भएको थियो । राप्रपाले ७ फागुनमा सरकारलाई बुझाएको २२ बुंदे ज्ञापनपत्र पुरा गराउन प्रदर्शन गरेको हो ।


