बुटवल, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ८ स्थित नुवाकोट लात्तेबाजमा सोमबार भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । लु १ ज १२२९ नम्बरको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यू भएको प्रहरीले जानकारी दिएको छ ।
मृत्यू हुनेमा प्युठानको ऐरावति गाउँपालिकाकी १४ वर्षिय मोनिका आचार्य, ऐरावतीकै ५२ वर्षिय धनबहादुर राना र सन्धिखर्क नगरपालिका डिर्भनाका ३ वर्षका प्रिन्स श्रेष्ठ रहेका छन् । सदरमुकाम सन्धिखर्कबाट प्युठानको बरौलाका लागि छुटेको गाडी दिउँसो करिब पौने दुई बजे दुर्घटना भएको थियो । दुर्घटनामा ११ जना घाइते भएका छन् ।घाईते ९ जनालाई बुटबल रिफर गरिएको छ ।


