मदिरा सेवन गरेर आफ्नै साथीलाई कुटेर हत्या

Halesi

धनकुटा । धनकुटा नगरपालिका–२ भीरगाउँमा एक युवकको हत्या भएको छ । भीरगाउँका २७ वर्षीय मानबहादुर दर्लामीको शनिवार साँझ हत्या भएको प्रहरीले जनाएको छ ।

हत्या आरोपमा प्रहरीले स्थानीय १९ बर्षीय रवि दर्लामी मगर र २५ बर्षीय छवी राना मगरलाई नियन्त्रणमा लिएको छ । कुटपिट गरेर मानबहादुरको हत्या गरेको उनीहरुले स्वीकार गरेको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार मादक पदार्थ सेवन गरेका उनीहरुवीच सामान्य विवादमा भएको झगडाका क्रममा दर्लामीको हत्या भएको खुलेको छ । कुटपिटका कारण मृतकको शरिरका बिभिन्न भागमा चोट छ । मृतकको शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याईएको छ ।

तपाईको प्रतिक्रिया