कहीँकतैबाट पनि भ्रष्टाचारको गन्ध आए सह्य हुँदैन – प्रधानमन्त्री

Halesi

काठमाडौं। प्रधानमन्त्री केपीशर्मा ओलीले कहीँकतैबाट पनि भ्रष्टाचारको गन्ध आए सह्य नहुने बताएका छन् ।आइतबार सिंहदरबारमा बसेको गरिबी निवारण कोषको ७० औं संचालक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारको गन्ध कहिँकतै आएको पाइए सैह्य नहुने चेतावनी दिएका हुन् । उनले परिणाम देखिने गरी काम गर्न आग्रह गर्दै भ्रष्टाचार हुन नदिन पनि सबै सरकारी निकायलाई पारदर्शी ढंगले काम गर्न पनि सचेत गराए ।

कोषका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गरिबी निवारणको क्षेत्रमा गरेका कामको मूल्यांकन गरेर मात्रै गरिबी निवारण कोषको लागि आगामी आर्थिक वर्षको बजेटको व्यवस्था गर्ने बताएका छन् । कोषले गरिबी निवारण कोषको आर्थिक क्रियाकलापको अनुमगन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिवको नेतृत्वमा ५ सदस्यीय समिति पनि बनाएको छ ।

त्यसैगरी ३२ हजार गरिवी निवारण कोषसँग सम्बन्धित संस्थाहरुलाई बजेटसहित स्थानीय तहबाट संचालन गर्ने निर्णय पनि गरिएको कोषका उपाध्यक्ष भट्टराईले बताए ।गरिबी निवारणसँग सम्बन्धित हाल ३२ हजार संस्थाहरु रहेका छन । उनीहरुको संचालन र त्यसमा रहेको कोषको परिपाचन पनि स्थानीय तहले नै गर्ने कोषले निर्णय लिएको पनि गरिवी निवारण कोषले जनाएको छ ।

तपाईको प्रतिक्रिया