गैंर सरकारी संस्था महासङ्घ खोटाङको अध्यक्षमा दानबहादुर राई

Halesi

खोटाङ, २४ चैत ः गैंर सरकारी संस्था महासङ्घ नेपाल खोटाङको अध्यक्षमा दानबहादुर राई चयन हुनुभएको छ । दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आज (आईतबार) सम्पन्न एकतापछिको छैटौँ अधिवेशनबाट राई अध्यक्षमा निर्विरोध चयन हुनुभएको हो ।

समितिको उपाध्यक्षमा पूर्णकला तामाङ, सचिव युवराज रिजाल, सहसचिव गणेश राई र कोषाध्यक्षमा सुमन राई चयन हुनुभएको छ । अठार सदस्यीय जिल्ला कार्यसमितिको सदस्यमा उमेश पौडेल, सुवासचन्द्र आचार्य, प्रमोद श्रेष्ठ, सिर्जना निरौला, कन्चन परियार, लोचन श्रेष्ठ, लिलु थुलुङ, हुकुमसिं राई, उर्मिला आचार्य, रोमबहादुर राई, झङ्कराज राई र देवि राई चयन हुनुभएको छ ।

अधिवेशन आयोजक समितिका सहसंयोजक हात्तीराम राईलाई तीन महिनाभित्र प्रदेश समितिमा चयन गर्ने निर्णय गरिएको जनाइएको छ । अधिवेशन उद्ुघाटन कार्यक्रममा स्वर्गीय गैससकर्मी नारायणप्रसाद जोशी, नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विमला राई, वडाध्यक्ष विकास राई र सामाजिक अभियान्ता कविकुमार राईलाई नागरिक सम्मान गरिएको थियो ।

शनिबार र आईतबार दुई दिनसम्म चलेको अधिवेशनको उद्घाटन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा महासङ्घका केन्द्रीय उपाध्यक्ष ध्रुव देव, महासचिव रामप्रसाद सुवेदी, सचिव उमेश विश्वकर्मा, प्रदेश इन्चार्ज महेश्वरी राई,

केन्द्रीय सदस्य बिमलकाजी श्रेष्ठ, केन्द्रीय सल्लाहकार सिर्जना दनुवार र प्रदेश अध्यक्ष प्रकाश अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रमकै अवसरमा स्वर्गीय नारायणप्रसाद जोशीको स्मृतिमा अक्षयकोष स्थापना गर्ने निर्णय गरिएको छ । अक्षयकोषका लागि केन्द्रीय महासचिव सुवेदीले रु दश हजार सहयोग गर्ने वचन दिनुभएको छ ।

तपाईको प्रतिक्रिया