प्रहरीलाई नै घुस दिन खोजेपछि…

Halesi

काठमाण्डौ । महानगरभित्र सञ्चालित एक माइक्रोबसका ड्राइभर प्रहरीलाई घुस दिन खोज्दा पक्राउ परेका छन् । बा १ झ ७५७८ नम्बरको माइक्रोबसका चालक डनबहादुर थापा प्रहरीलाई घुस दिन खोज्दा पक्राउ परेका हुन् । उनले ट्राफिक चेकजाँचमा क्रममा आफुँ जोगिन प्रहरीलाई ५ सय घुस दिएका थिए ।

फिदिम–५, धादिङका डनबहादुर थापा काठमाडौं सितापाईलामा स्वयम्भुबाट खटिएको प्रहरी टोलीको चेकजाँचमा परे । थापासँग सवारी चालक कागजपत्र थिएन् । उनले आफुँ जोगिन प्रहरीलाई खुसुक्क ५ सय दिए । ५ सय दिएर जोगिएर हिंड्न खोजेका थिए तर प्रहरीले पक्राउ गर्यो ।

डनबहादुरलाई प्रहरीले आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा पक्राउ गरेको छ । अहिले उनी थप अनुसन्धानको लागि प्रहरीको नियन्त्रणमा छन् ।

तपाईको प्रतिक्रिया