तयारी नपुगेको कारण स्थगित भयो कांग्रेस केन्द्रीय समितिको बैठक

Halesi

काठमाडौं । नेपाली कांग्रेसको शनिबार डाकिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । पार्टीको केन्द्रिय कार्य सम्पादन समिति गठन गर्ने मुख्य एजेन्डासहित पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको केन्द्रिय कार्य समिति बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केही तयारी नपुगेकाले बैठक स्थगित भएको जानकारी दिए । कार्य सम्पादन समितिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले नाम दिन नसकेपछि बैठक स्थगित भएको स्रोतले जनाएको छ ।

पौडेल समुहको बैठकले नाम आफ्नो तर्फबाट नाम प्रस्ताव गर्न नसकेपछि उनकै आग्रहमा बैठक स्थगित गरिएको संस्थापन पक्षका एक सदस्यले बताए ।कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतीले सिनियर नेताहरु सबैलाई समेटेर जान तयार नहुनु भएकोले कुरा नमिलेको बताए ।

अघिल्लोपटक सिनियर नेता नसमेटि संख्या मात्र बढी बनाइएको भन्दै पौडेल पक्षले असन्तुष्टि जनाएको थियो । पौडेलले बढी संख्या भएकोले नै अघिल्लो समिति विघटन भएको र फेरि त्यही दोहोर्याउन उचित नहुने बताए ।

तपाईको प्रतिक्रिया