सर्लाही । सर्लाही जिल्लाको बसबरिया गाउँपालिका–६, मनटोलमा शनिबार एक महिला आफ्नै घरमा मृत अबस्थामा भेटिएकी छिन् ।सुरेन्द्र मुखियाकी श्रीमती २२ वर्षीया सागरदेवी आफ्नै घरमा मृत फेला परेकी हुन् ।
घटनापछि मृतक महिलाका श्रीमानसहित घरका सबै सदस्य फरार भएका छन् । परिवार पुरै सदस्य बेपत्ता भएपछि घटना शङ्कास्पद देखिएको प्रहरीले जनाएको छ ।सागरदेवीले आफूलाई श्रीमाबाट पटक–पटक कुटपिट गर्ने गरेको भन्दै केही समयअघि प्रहरीमा उजुरी समेत दिएकी थिईन् । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याइएको प्रहरीले जनाएको छ ।


