जनकपुर । धनुषाको विदेह नगरपालिकामा २ वटा बम फेला परेको छ । बिहिबार विदेह नगरपालिका वडा नम्बर ७ स्थित नवटोली बस्ने फुलगेन मल्लिकको घर पछाडिमा २ वटा बम फेला परेको हो ।
बारीमा वेवारिसे अवस्थामा रहेको बम स्थानीयवासीले देखेर बम फालेका थिए । बम फालेलगत्तै विस्फोट भएको थियो । बच्चाले खेलाउँदा जनधनको क्षति हुने भएकाले स्थानीयवासीले बम फ्यालेका थिए ।
पान मसलाको टीनको बट्टामा बनाइएको बम कालो टेपले बेरेर बारीमा वेवारिसे अवस्थामा फ्यालिएको थियो ।बम विस्फोट भएपछि इलाका प्रहरी कार्यालय औरहीबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो । बम कसले र किन छाडेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको सहायक प्रहरी निरीक्षक रामबाबु सिंहले बताए ।


