काठमाडौं । भुमरीयुक्त हावाहुरीले बारा र पर्सामा भत्काएका सम्पूर्ण घर सरकारले बनाइदिने भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले बर्खाअघि नै घर बनाइसक्ने निर्णय गरेको हो ।भत्किएका सबै घर बर्खाअघि नै बनाइसकिनेछ, सञ्चारमन्त्री गोकुल बास्कोटाले भने, ‘तदारुकतासाथ निर्माण गर्न नेपाली सेनालाई जिम्मा दिने सरकारले निर्णय गरेको छ ।उनका अनुसार सबै घर जनता आवासका ढाँचाका हुनेछन् ।
निर्माण कार्यको समन्वय र सहजीकरण गर्न प्रदेशका प्रमुख सचिवलाई तोकिएको छ । त्यसका लागि सहरी विकास र रक्षामन्त्रालयका प्रतिनिधि तथा बारा र पर्साका प्रमुख जिल्ला अधिकारी रहने समिति बनाइएको छ । यो समाचार अन्नपूर्णमा प्रकाशित छ ।


