विप्लव बारे रेखाले लेखिन् यस्तो स्ट्याटस्

Halesi

काठमाडौं। राप्रपा संयुक्तकी केन्द्रीय सदस्यसमेत रहेकी नायिका रेखा थापाको बुधबार फेसबुकमा लेखेको स्टाटस अहिले चर्चामा छ। पछिल्लो समय विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको प्रसङ्गमा उनले राखेको धारणाले गलत बुझाइदिएको उनले गुनासो गरेकी छिन्।

सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’बारे बोल्दा उनलाई सोही पार्टी प्रवेश गरेको आरोप लागेको थियो। उनले बिहीबार बिहान आफ्नो फेसबुकमा लामो स्टाटस राखेर बिप्लबप्रतिको धारणा र जनमानसमा आफ्नो स्पष्ट पारेकी छिन्।

मैले पाउने माया, पहिचान, आफ्नोपन, जिम्मेवारी र अनुशासन मेरो समाजको नासो हो। सार्वजनिक सम्पत्ति ठान्छु आफ्नो जीवन। तर, मेरो विचार, रोजाइ र मत भने एउटा अर्को कोही पनि व्यक्तिभन्दा बढी र कम छैन। परिचित नाम हुनुको फाइदास्वरुप म आफ्नो मातृभूमिमा असल र खराब विषयबारे आफ्नो मत राख्दछु।

जो मलाई आफू, समाज, पार्टी वा सरकारभन्दा ठूलो लाग्छ, मातृभूमिमा। मजस्तो धेरै अरुले पनि आफ्नो मत र विचार राख्दछन्। तर, कहिलेकाहीँ मेरो पवित्र इरादा बङ्याएर बुझ्ने पनि गरिन्छ। एयरपोर्टमा मजदुरको सामान खोसिँदा म बोलें, विप्लव माथिको प्रतिबन्धको बिरोध गरेकै हो, एनसेलले नतिरेको ७२ अर्ब आम नेपालीको पैसा हो र असुल गर्नुपर्छ भन्ने हो नै।

पत्रिका र सञ्चार माध्यम हेर्नुस्, म मात्र होइन, न्यायको पक्षमा हजारौं मान्छे छन्। तर, मेरो नामबाट समाचार बिकाउने नाममा मेरो राजनीतिक संलग्नता, आस्था, सहयोग र समर्थनको फैसला गर्ने तपाईंलाई छुट छैन। मेरो पार्टी, मेरा सहकर्मी, मेरो अडान र मतबारे सस्तो र आधारहीन लेखन नगर्नुहोस्।’

विप्लवमाथिको प्रतिबन्धको आलोचना गर्दा माधव नेपाल पवित्र, अनि म चाहिँ पार्टी परिवर्तन गरेको देखिने रु डा बाबुराम भट्टराईले त्यही कुरा भन्दा उनी नयाँ शक्तिका हुने म चाहिँ राप्रपा नहुने रु यो सेक्सिष्ट हो वा विप्लवमाथि तपाईंहरुको पूर्वाग्रह ?’

तपाईको प्रतिक्रिया