काठमाडौं । काठमाडौं महानगरपालिका–५ कालोपुलबाट महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोलीलाई नगद ३ हजार रूपैयाँ घुस दिन खोज्ने राजु बम्जन पक्राउ परेका छन्। बा९७ प१५६७ नम्बरको स्कुटर चालक जोरपाटी बस्ने सिन्धुली मरीन गाँउपालिका–३ का बम्जनलाई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको भन्दै प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले उनलाई सवारी जाँच गर्ने क्रममा पक्रेको हो। मादक पदार्थ सेवन गरी स्कुटर चलाएकाले कारवाहीबाट बच्न बम्जनले उक्त रकम प्रहरीलाई दिएर आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।


