अवैध शिशु जन्माएर अविवाहित आमाले गरिन् आत्महत्या

Halesi

स्याङ्जा । स्याङजाको भीरकोट नगरपालिका ७ की एक महिलाले आत्महत्या गरेकि छिन् । उनले अवैध शिशु जन्माए बारीमा फालेपछि आफूले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ । बारीमा नवजात शिशु मृत अवस्थामा फेला परेको सुचना पाएपछि घटना स्थलमा पुगेको प्रहरीले छिमेकी वेगबहादुर अधिकारीको मलखातमा सालनाल भेटाएको थियो ।

जिल्ला प्रहरी कार्यालय स्याङजाकाका असार वेग वहादुर अधिकारीकी २२ वर्षीया छोरी स्नेहाले अवैध सम्वन्धबाट वच्चा जन्माएर गाडेको र आफुले पनि आत्महत्या गरेकी हुन् । आफ्नै गोठमा स्नेहाले चुन्नीको पासो लगाई छट्पटाई रहेको अवस्थामा स्थानियले देखेपछि हसियाले चुन्नी काटेर उनलाई उपचारका लागि वालिङ प्रथामिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गर्दा उनको मृत्यु भएको हो । शिशु र स्नेहाको शवलाई पोष्मार्टम पछि परिवारलाई बुझाएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया