बारा । हुरीबतासले वितण्डा मच्याएको बाराको फेटा गाउंपालिका भलुहिभर्वो्लिया, पुरैनिया र बरैयामा सरकारी उच्च अधिकारी, राजनीतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणको समेत भीडले राहत वितरण र भग्नावशेष पन्छाउने कार्य प्रभावित बनेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा गोकुल घोरसाइनेले लेखेका छन् ।
हुरीबतासले अत्यधिक क्षति पुर्याएको यी गाउँमा उच्चपदस्थ सरकारी अधिकारीसहित बाहिरबाट दिनहुँ हजारौंको संख्मामा सर्वसाधारणको ओइरो लाग्ने क्रम बढेको छ ।
बिहानदेखि नै गाउँको सडकमा भीआईपी चढेर आएका गाडीको जाम लागेको स्थानीय जफिर आलमले बताए । उनले भने गाडीको जाम र सर्वसाधाणको भीडभाडले अस्पतालमा घाइते आफन्तलाई भेटघाट गर्न घर फर्किन समेत समस्या भएको छ । मन्त्री र नेताहरु आएर हेर्छन्, सोधेको कुरा बताउनै पर्या । उनले भने ‘भीडभाडले कामको मेलोमेसो नै पाउन सकिएको छैन


