स्थानीय तह उपनिर्वाचन: हल्ला बढी, तयारी कम

Halesi

काठमाडौं । जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा उपनिर्वाचन गराउने चर्चा चलेअनुरुप प्रक्रिया अघि बढेको पाइएको छैन । यो समाचार आजको नेपाल समाचरपत्रमा सुनील महर्जनले लेखेका छन् । निर्वाचन आयोगले उपनिर्वाचनको तयारीका लागि सरकारको ध्यानाकर्षण गराउँदै आए पनि अहिलेसम्म औपचारिक प्रक्रिया नबढेको आयोगका पदाधिकारीहरु बताउँछन् ।

सरकारसँग बेलाबखत छलफल हुने गरेको छ । सरकारले उचित कानुनी प्रबन्धसहित उपनिर्वाचनको मिति घोषणा गरेमा आयोग सोही अनुरुप अघि बढ्नेछ, आयुक्त ईश्वरीप्रसाद पौडेलले भन्नुभयो निर्वाचनको तयारीका लागि आयोगलाई पर्याप्त समय हुने गरी मिति घोषणा गरिनुपर्दछ ।

स्थानीय तहमा वडाध्यक्ष ३६ रिक्त छन् । त्यसैगरी नगरप्रमुख १, गाउँपालिका अध्यक्ष २ रिक्त छन् । सुनसरीको धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बा, संखुवासभा मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवाल र पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अम्बर नेम्वाङको निधन भएकाले ती स्थान रिक्त भएको हो ।

तपाईको प्रतिक्रिया