भीरबाट लडेर खोटाङमा एकको मृत्यु

Halesi

खोटाङ, १९ चैत ः भीरबाट लडेर खोटाङमा एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ । खोटेहाङ गाउँपालिका–४ बडकादियालेका ४० वर्षीय देवबहादुर बुढाथोकीको सिमखर्क भनिने भीरबाट लडेर मृत्यु भएको हो । धान रोप्न खेतमा गएका बुढाथोकी बिरामी भएर सोमबार दिउँसो घर फर्किएको र साँझसम्म घरमा नआएपछि खोजी गर्दा भीरमुनी मृत फेला पारिएको छ ।

घर जाने बाटोमा पर्ने भीरको करिब १०० मीटर तल बुढाथोकीको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । मृत बुढाथोकीको शव परीक्षणका लागि मङ्गलबार प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पठाइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया