जुन कुरा मनै देखि नभै दिए हुन्थ्यो, भोग्न नपरे हुन्थ्यो, सुन्न नपरे हुन्थ्यो अनि गर्न नपरे हुन्थ्यो भनिन्छ त्यही भोग्नु पर्ने बाध्यता हाम्रो जीवनमा आई पर्छ।
आर्थिक रुपमा अत्यन्तै बिपन्न, पारिवारिक रुपमा बुबा गुमाई सकेको खोटाङ जिल्ला ऐसेलुखर्क गाउँपालिका वडा न २ बाकाचोल (साविक बाकाचोल – ५ ) निवासी श्रीमती निर्मली गिरिको छोरा बर्ष १० को सुजन गीरीको गत चैत्र १७ गते खच्चडको लात्ती प्रहार बाट टाउकोमा गम्भीर चोट लागेको छ । घाइते बालकको लागि मातृभुमी बाकाचोल सेवा समाज नेपालको पहलमा हेलिकप्टर मार्फत उद्दार गरि काठमाडौ स्थित ओम अस्पतालमा उपाचारार्थ भर्ना गरिएको छ।
अन्य सरकारि अस्पताल हरुमा सघन उपचार कक्ष ९क्ष्।ऋ।ग्।० खाली नभएको र निजको तत्काल सल्यक्रिया गर्नु पर्ने भएकोले राजधानीको महंगो अस्पतालमा उपचार गर्न बाध्य रहेको मातृभुमी बाकाचोल सेवा समाज नेपालले जानकारी गराएको छौं ।
हामी नेपालीहरु आर्थिक रुपमा बिपन्न नै छौं, तै पनि मनका धनी हामी कोहि एउटा निमुखा बालक उपचारको कमिले मृत्युवरण गर्नु नपरोस भन्ने सदैव हाम्रो चहाना अवस्य पनि महान छ। हामी यस मातृभुमी बाकाचोल सेवा समाज नेपाल बाट सधै झै यो पटक पनि आर्थिक सहयोग संकलनको महा अभियानमा छौं ।
थोपा थोपा मिलेर समुद्र बन्छ, तपाईं हरुको पवित्र मनहरुले गरेको सहयोगले निज १० बर्षीय बालकले नयाँ जीवन अवश्य पाउने छन। हामि तपाईं बिशाल हृदयभएका महानुभावहरु माथी भरोसा राखेर यो महा अभियान सफल हुने कुरामा मातृभुमी बाकाचोल सेवा समाज नेपाल विश्वस्त छ । कृपया सहयोग गर्न चाहानुहुने महानुभावहरुले यस मातृभुमी बाकाचोल सेवा समाज नेपालका पदाधिकारीहरुलाई सम्पर्क गरेर सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं । सहयोग रकम उपलब्ध गराउनुहुने महानुभावहरुको नामावली सहित सहयोग रकमको हिसाबकिताबको अध्यावधी यसै फेसबुक पेजबाट गरिने छ।
सम्पर्क ब्याक्तिहरु १. टिकाराम पुरी 9841442410 २. तुलसीराम पुरी 9851152946 ३. हेमकाजी पुरी 9851076487 ४.जय कुमार तामाङ 9818091472 ५.बाल कुमार सुनुवार 9803177395


