पोखरा । पोखरामा फेरि प्याराग्याईडिङ दुर्घटना भएको । प्याराग्लाईडिङ दुर्घटना हुँदा चाईनिज नागरिक ट्याङ्ग फ्रोरोङ्ग घाईते भएकी छिन् । घाईते फ्रोरोङ्गको पोखरास्थीत मेट्रोसिटी अस्पतालमा उपचार भईरहेको क्षेत्रीय प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
हिमालयन फ्रन्टीएर कम्पनीको टेन्डेम पाईलट महेन्द्र नेपालीले चलाएको प्याराग्लाईडिङ सराङकोटको गोठादिमा दुर्घटना भएको थियो । उडेको केहि समयमै प्याराग्लाईडिङ रुखमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय प्याराग्लाइडिङ्ग दुर्घटना बढेपछि नागरिक उड्डयन प्राधिकरण पोखराले सोलो उडान समेत बन्द गरेको थियो । व्यवसायीको दबाब थेग्न नसकेपछि २० दिनपछि गत आईतबारदेखि प्राधिकरणले सोलो उडान भने खुला गरेको छ । तोकिएको स्थानमा टेक अफ र ल्यान्डिङ नगर्ने समस्या बढेको हुँदा दुर्घटनामा बृद्धि भएको जानकारहरु बताउँछन् ।


