विप्लवको बन्दुक किन र कसका लागि ?

Halesi

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीको राजनीतिक अजेन्डा प्रस्ट नभएको बताएका छन् ।

नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाइनमा कुरा गर्दै महासचिव वैद्यले विप्लवको संघर्षको तरिका ठिक नभएको बताए । कुन तालको संघर्ष हो ?, उनले प्रश्न गरे, राजनीतिक लाइन, दिशा, संघर्षको स्वरुप केही प्रस्ट छैन ।

विप्लवको भूमिगत हुने, बन्दुक उठाउने कुराले आफू दंग परेको उनको भनाई थियो । विप्लवको आफ्नो संघर्ष राज्यसत्ता, पुलिस, सेना कोहिविरुद्ध नभएको भन्दै आएको स्मरण गर्दै उनले प्रश्न गरे, विप्लवको बन्दुक केका लागि, कसका लागि ।

तपाईको प्रतिक्रिया