सेनाको प्रवक्तामा सहायकरथी विज्ञानदेव पाण्डे

Halesi

काठमाडौँ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशकको जिम्मेवारी सहायकरथी विज्ञानदेव पाण्डेले पाउनुभएको छ । दाङस्थित १९ नम्बर बाहिनीका बाहिनीपति सहायकरथी पाण्डेलाई सैनिक मुख्यालय जङ्गी अड्डाले सेनाको प्रवक्ताको जिम्मेवारी दिएको हो । उहाँले केही दिनपछि मात्र आफ्नो जिम्मेवारी सम्हाल्नुहुनेछ ।

हालका प्रवक्ता यामप्रसाद ढकालको पूर्वीपृतनाअन्तर्गत धनकुटाको हिलेस्थित २ नम्बर बाहिनीको बाहिनीपतिमा सरुवा भएको छ । नेपाली सेनाको प्रवक्ताका रुपमा उहाँले करीब तीन महीना काम गर्नुभयो । सहायकरथी ढकाल केही दिनपछि मात्रै आफ्नो कमाण्ड बुझ्न त्यसतर्फ जानुहुनेछ । नेपाली सेनामा सहायकरथीबाट माथिल्लो तहमा पदोन्नति हुन बाहिनी कमाण्ड हुन आवश्यक मानिन्छ ।

तपाईको प्रतिक्रिया