काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । आज सुनको मल्य तोलामा रु सय रुपैंयाँले घटेको हो । मंगलबार तोलाको साठी हजार पाँच सयमा कारोबार भएको सुनको मुल्य आज घटेर साठी हजार चार सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, तेजावी सुन तोलामा साठी हजार एक सयमा कारोबार भइरहेको छ। चाँदी भने तोलामा रु सात सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


