नेपाली कामदार लैजान आज जापानसँग श्रमसमझदारी हुँदै

Halesi

काठमाडौं, जापानले नेपाली कामदार लैजाने विषयमा दुई देशबीच सोमबार काठमाडौंमा श्रमसमझदारी हुँदै छ । यसलाई दुइ देशबीच सहकार्य गर्ने समझदारीको नाम दिइएको छ ।

जापानले पहिलो पटक श्रम भिसामा सोझै नेपालबाट कामदार लैजाने भएपछि दुई देशबीच समझदारीमा हस्ताक्षर हुन लागेको हो । जापानले आउँदो अप्रिल १ देखि नेपालसहित ९ देशबाट विदेशी कामदार ल्याउने निर्णय गरेको छ । यो समाचार होम कार्कीले कान्तिपुरमा लेखेका छन् ।

तपाईको प्रतिक्रिया