ऐसेलुखर्कमा एक्सरे सेवा सञ्चालन गरिने

Halesi

खोटाङ, ८ चैत्र ः गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ खोटाङको उत्तरी ऐसेलुखर्कमा एक्सरे सेवा प्रदान गरिने भएको छ । ऐसेलुखर्क गाउँपालिकाले उक्त क्षेत्रका सर्वसाधारणको स्वास्थ्यअवस्थालाई मध्यनजर गर्दै एक्सरे सेवा प्रवाहको तयारी गरेको हो ।

प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा एक्सरे सुविधा नहुँदा त्यस क्षेत्रका ऐसेलुखर्क, राखावाङदेल, बाकाचोल, माक्पा, महेश्वरी, जलेश्वरी, ज्यामिरे लगायतका स्थानीयवासीहरु सदरमुकाम दिक्तेलमा रहेको जिल्ला अस्पताल तथा ओखलढुङ्गा र सोलुखुम्वु सम्म पुग्नुपर्ने अवस्था थियो ।

उक्त अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले नेपाल स्वास्थ्य सेवा, रेडियोग्राफी समूह, रेडियो ग्राफर दरवन्दीको कर्मचारी माग गरेको छ । उक्त पदमा दरखास्त दिनको लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट रेडियोग्राफी कोर्ष उत्तीर्ण गरेको हुनुपर्नेछ । परीक्षाको किसिम लिखित र मौखिक गरिने प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया