काठमाडौं । रौतहटको गुजरा नगरपालिका –९ मा सिमरा भजानीपुर टोलमा बिहिबार साँझ होली मनाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडप भएपछि हुँदा प्रहरीले ७ राउन्ड अश्रु ग्यास प्रहार गरेसँगै ६ राउन्ड सर्ट गनको रबर सेल पनि प्रहार गरेको छ ।
स्थानीयले प्रहरीमाथि एक्कासी ढुंगामुढा गर्न थालेपछि अश्रु ग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय रौतहटमा एसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।


