संघीय समन्वय समितिको अध्यक्षमा थापा

Halesi

खोटाङ । संघीय समाजबादी फोरमको जिल्ला समन्वय समिति गठन गरिएको छ । आईतबार साँझ सम्पन्न भेलाले टंक थापाको अध्यक्षतामा ३९ सदस्यीय समन्वय समिति गठन गरिएको हो ।

जिल्लाका वडा तथा पालिका कमिटिका प्रतिनिधि सम्मिलित बैठकले यसअघि संघीय समाजबादी फोरमको जिल्ला उपाध्यक्ष रहेका थापालाई समन्वय समितिको अध्यक्ष चुनेको हो । समन्वय समितिको उपाध्यक्षमा पिके खम्बू, सचिवमा देवकुमार राई, सह–सचिवमा टिकाराम राई र कोषाध्यक्षमा सावित्रा राई चयन भएको सङ्घीय समाजबादी फोरमले जनाएको छ ।

तपाईको प्रतिक्रिया