काठमाडौं। आज सोमबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलमा ५९ हजार ८०० मा कारोबार भइरहेको छ । आइतबार सुनको भाउ तोलमा ६० हजारमा कारोबार भएको थियो ।
यस्तै आज तेजावी सुन तोलमा ५९ हजार ५०० मा कारोबार भइरहेको छ । चाँदी भने आज तोलमा रु ७३० रहेको महासंघले जनाएको छ ।


