खोटाङ, चैत्र ३– खोटाङमा खटिएका ईन्जिनियरले राष्ट्रिय पुःर्ननिर्माण प्राधिकरणको गुनासो छुट तथा पुःन सर्भेक्षण तालिम बहिस्कार गरेका छन् । भूकम्प पिडितको गुनासो सम्बोधनका लागि आगामी चैत्र १५ गतेदेखि भूकम्प प्रभावित जिल्लामा छुट तथा पुःन जाँच सर्वेक्षण गर्नका लागि राष्ट्रिय पुननिर्माण कार्यान्वयन इकाई जिल्ला आयोजना कार्यान्वयन इकाई आवास व्यवस्थापन तथा पुर्वाधारको कार्यालयले आयोजना गरेको दुई दिने लगत संकलन सम्वन्धी तालिम बहिस्कार गरेका हुन् ।
राष्ट्रिय पुःर्ननिर्माण प्राधिकरण प्राविधिक हकहित संरक्षण समितिको अगुवाईमा ईन्जिनियरले बहिस्कार गरेपछि आईतबार र सोमबारका लागि आयोजना गरिएको तालिम रोकिएको राष्ट्रिय पुननिर्माण कार्यान्वयन इकाई जिल्ला आयोजना कार्यान्वयन इकाई आवास व्यवस्थापन तथा पुर्वाधारको कार्यालयले जनाएको छ । सम्झौता अनुशारको सेवा सुविधाको माग पूरा गर्नका लागि दिइएको अल्टिमेटम सरकारबाट सुनुवाई नभएपछि भूकम्पीय आवास पुःर्ननिर्माणको काम ठप्प बनाएका ईन्जिनियरले तालिम बहिस्कार गरेको राष्ट्रिय पुःर्ननिर्माण प्राधिकरण प्राविधिक हकहित संरक्षण समितिका अध्यक्ष एबं केन्द्रीय सचिव राम मल्ल चौहानले बताउनुभयो ।
राष्ट्रिय पुःर्ननिर्माण प्राधिकरण प्राविधिक हकहित संरक्षण समितिले शर्त अनुशारका सेवा सुविधा उपलव्ध गराउनुपर्ने, जुनसुकै तालिम वा गोष्ठी गर्दा स्थानीय तहमा खटिएका फोकल ईन्जिनियरसँग छलफल गर्नुपर्ने, आफुखुी तालिम वा गोष्ठी गरिए सहभागी नहुने, तालिम वा गोष्ठीका सहभागीलाई सरकारी नियम अनुशार सेवा उपलव्ध गराउनुपर्ने, हरेक स्थानीय तहमा कार्यरत फोकल ईन्जिनिरयले अन्य प्राविधिकलाई राष्ट्रिय पुःर्ननिर्माण प्राधिकरण प्राविधिक हकहित संरक्षण समितिको आन्दोलनमा सहभागी गराउने, आन्दोलनमा सहभागी नहुने प्राविधिकले स्पष्टीकरण पेश गर्नुपर्ने, चैत्र १० गतेको केन्द्रीय आन्दोलनका लागि सम्पूर्ण प्राविधिक काठ्माण्डौं जाने लगायतका जानकारी सहितको ज्ञापनपत्र बुझाएर तालिम बहिस्कारको जानकारी गराएका छन् ।
सम्झौता अनुशारको सेवा सुविधाको माग पूरा नभएको भन्दै ईन्जिनियरले आईतबार नै दिक्तेलस्थित जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन)को कार्यालयमा ताला लगाएका छन् ।


