खोटाङको दुई गाउँपालिकामा भीषण आगलागी, आधा दर्जन घर जलिसक्यो ………..

Halesi

हरिवोल आचार्य÷डिएम चाम्लिङ
खोटाङ, १ चैत ः खोटाङको रावावेशी गाउँपालिका–५, दुवेकोल र ऐसेलुखर्क गाउँपालिकाको माक्पामा भिषण आगलागी भएको छ । आगलागीमा परी अहिलेसम्म तीन वटा घर र तीन वटा मतान जलेर नष्ट भएको छ ।

सोही स्थानको सिलाजी भीरबाट आज शुक्रबार दिउँसोबाट सल्केको डढेलोले नजिकैको दुवेकोल गाउँका गोपाल पाण्डे, युवराज पाण्डे र अभिकेसर पाण्डेको घरमतान जलेर नष्ट भएको उक्त गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले जानकारी दिए ।

त्यस्तै ऐसेलुखर्क गाउँपालिकाको माक्पा लेवाका तोमबहादुर निरौला र पहलमान निरौलाको पनि घर र मतान जलेर नष्ट भएको छ । दुवेकोलको सिलाजि भिरबाट लागेको डढेलोले गाउँ भेटेको हो । अहिले सम्म डढेलो नियन्त्रणमा आउन सकेको छैन । हावाहुरी चलिरहेका कारण पुरैगाउँ असुरक्षित बनेको अध्यक्ष निरौलाले बताए । डढेलो नियन्त्रणका लागि ऐसेलुखर्क गाउँपालिकाबाट नेपाली सेना, प्रहरी तथा स्थानीयवासीहरु खटिरहेको भए पनि प्रयास असफल भएको अध्यक्ष निरौलाको भनाई छ ।

उक्त डढेलो ऐसेलुखर्क गाउँपालिकाको ७ नम्बर वडा माक्पामा पनि फैलिन सुरु गरेको छ । सो स्थानका स्थानीयवासीहरुको पनि घर जल्न सुरु भएको छ । जसका कारण लेवा गाउँ पुरै असुरक्षित बनेको छ । गाउँमा फुस र खरको छानो भएको साथै हावाहुरी चलेका कारण घर जोगाउन मुस्किल भएको हो । डढेलोका कारण के कति क्षति भएको छ भन्ने खुल्न सकेको छैन । विस्तृत विवरण लिएर हामी पुनः आउने छौं…. हेर्दै गर्नुहोला हाम्रो यो अनलाईन ।

तपाईको प्रतिक्रिया