सस फोरमको दिक्तेल नगर अधिवेशन चैत २ मा

Halesi

खोटाङ । संघीय समाजवादी फोरम नेपालअन्तर्गत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रथम नगर अधिवेशन आगामी चैत २ गते हुने भएको छ । ससफो नेपाल, खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा अधिवेशनको व्यापक प्रचार प्रसार गरिरहेको छ । अधिवेशन प्रचार प्रमुख रबिन खम्बुले नगरको वडा नं १ दित्तेल, वडा नं ४ खाल्ले, वडा नं ५ लफ्याङ, वडा नं ७ नेर्पा, वडा नं ८ दोर्पा, वडा नं १० पाथेका, वडा नं ११ खार्मी, र वडा नं १२ जालपा को वडा अधिवेशन सम्पन्न भइसकेको जानकारी दिदै बाँकी रहेको वडाहरुको अधिवेशन आज फागुन ३० गते सम्म गरी सक्ने बताए ।

अधिवेशन उद्घाटन समारोहमा सहरी विकासमन्त्री मोहम्हद ईस्तियाक राई प्रमुख अतिथिका रुपमा सहभागी हुँदैछन् भने ससफो प्रदेश नं १ का अध्यक्ष भुपेन्द्र नेम्वाङ, केन्द्रीय सदस्य लिला सिटौला विशेष अतिथिका रुपमा सहभागी हुँदैछन् ।

तपाईको प्रतिक्रिया