काठमाडौं । पुर्व माओबादी केन्द्रको भातृ संगठन वाइसियलका अध्यक्ष राम प्रसाद सापकोटा दीपशिखाले जनप्रतिनिधका डोजरमा आगो लगाउन निर्देशन दिएका छन् । उनले आफ्नो कर्तब्य छोडि कोहि जनप्रतिनिधि डोजर खरिद बिक्रीमा रहे वाइसियललाइ उनिहरुका डोजरमा आगो लगाउन निर्देशन दिएका हुन ।
बाँकेको खजुरमा आयोजित शहिद तथा बेपत्ता परिबार सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष सापकोटाले जनता भन्दा कोहि प्रतिनिध बाहिर जान्छ भने उसलार्इ जनतामाझ फर्काउन जस्तोसुकै कदम चाल्न युवाहरु पछि नपर्ने बताए । उनले जनताका समास्या सामाधान गर्न छोडी कोहि जनप्रतिनिधि डोजर लिएर ठेक्का पट्टामा लागेको भए वाइसियलले सिधै आगो लगाउने बताए ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका अध्यक्ष सापकोटाले मुलुक परिर्बतनका लागि सहिद तथा बेपत्ता यौद्धाहरूको बलिदानल उलेख्य रहेको भन्दै आफुहरुले सँधै शदिहरुको बाटो अनुसरण गरिरहने बताए । शहिद परिवारलाई अभिनन्दन नेकपाको भातृ संगठन बाइसियल नेपाल र युवा संघ नेपालले आज संयुक्त रुपमा शहिद तथा बेपत्ता परिबारलाइ अभिनन्दन कार्यक्रम गरेको छ । मुलुक परिबर्तनका खातिर शहिद तथा बेपत्ता परिबारलाई आज बाँकेको खजुरामा सम्मान स्वरुप अभिनन्दन कार्यक्रम गरेको हो ।
कार्यक्रममा ११२ जना सहिद परिबारलाई सम्मान तथा अभिनन्दन गरिएको थियो । भने सोहि अबसरमा दर्जनौँ युवाहरुले रक्तदान समेत गरेका थिए । ७ वटा प्रदेशका आधाभन्दा बढी जिल्लामा अभिनन्दन गरिसकेको वाईसीयलले सोमबार धनगढी, मंगलबार नेपालगंज, बुधबार झापा र शुक्रवार काठमाडौं गर्ने बताएको छ ।
युवा संघ नेपालसँगको सहकार्यमा देशैभर जनयुद्द तथा जनआन्दोलनमा सहादत भएका शहीद परिवारलाई सम्मान गर्ने कार्यक्रम भईरहेको बताइएको छ । कार्यक्रममा बलिदानिको कदरसहित अभिनन्दनपत्र लिएर वाईसीयल र युवासंघले शहिद परिवारलाई सम्मान गरेको हो । ७ वटा प्रदेशका आधाभन्दा बढी जिल्लामा अभिनन्दन गरिसकेको वाईसीयलले सोमबार धनगढी, मंगलबार नेपालगंज, बुधबार झापा र शुक्रवार काठमाडौं गर्ने बताएको छ ।


